ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने

धादिङ,३० कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को ससाहडाँडा निवुवावाँरी सामुदायिक वन उपभोक्ता समुहले आफ्ना सबै सदस्य घर परिवारको पारिवारिक स्वास्थ बिमा गरिदिने निर्णय गरेको छ । संस्थाको शनिवार हटियामा सम्पन्न भएको बार्षिक साधारण सभाले सबै सदस्यहरुको स्वास्थ्य विमा गरिदिने निर्णय गरेको हो ।
वि. स. २०५० सालमा जिल्ला कै पहिलो सामुदायिक वनको रुपमा तत्कालिन हेटौडा डिभिजन वन कार्यालयबाट समुदायलाई हस्तान्तरण भएको सामुदायिक वन १२४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । स्थापक अध्यक्ष स्वर्गीय सोमनाथ ढुङ्गानाको अगुवाईमा स्थापना भएको सामुदायिक वनमा हाल २५० घर परिवार सदस्य रहेका छन । साधारणसभामा सचिव लक्ष्मी श्रेष्ठ वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष कल्पना वि क ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभाले पारिवारिक स्वास्थ विमा सङ्गै माझगल्छी क्षेत्रमा पर्यटन कार्यक्रम संचालन गर्ने निर्णय लिएको छ । कार्यक्रम सामुदायिक वन समुहको अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा नीलकण्ठ नगरपालिका प्रवक्ता एव वडा ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, नीलकण्ठ रेन्जपोस्टका सीता दर्जी, नीलकण्ठ ८ नेपाली काङ्ग्रेस सभापति हेमराज श्रेष्ठ, अनन्त आशा नेपालका कार्यक्रम संयोजक ध्रुवराज ज्ञवाली लागायत निर्वतमान अध्यक्ष र स्थानीय बुद्दिजिवी समाजसेवीहरुको उपस्थित रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १०:०३‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:०७नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई






