एनपीएलमा आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौं, मंसिर २ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली राइनोज भिड्दैछन् । खेल बिहान ११ः४५ बजे हुने शुरू हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् ।
यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । विराटनगर सन्दीप लामिछाने र पोखरा कुशल भुर्तेलको कप्तानीमा रहेनेछ ।
यसअघि सोमबार भएको उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौं गोर्खाजले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । जितसँगै काठमाडौंले दुई अङ्क पनि जोडेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भएको प्रतियोगिता मङ्सिर १ गतेदेखि मङ्सिर २७ गतेसम्म चल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








