एनपीएलमा आज विराटनगर र चितवन आमनेसामने

काठमाडौं, मंसिर १० । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने खेलमा विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ४ बजे शुरू हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर जारी प्रतियोगितामा अपराजित टोली मध्येको एक टोली हो । विराटनगर तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै प्रतियोगिताको सुरुवात गरेको विराटनगरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो ।
यता चितवन भने आज दोस्रो जितको खोजीमा हुनेछ । यसअघिको दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको चितवन दुई अंकको साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









