नियमित ओखर खानु स्वास्थ्यका लागि फाइदैफाईदा

काठमाडौं, १३ मंसिर । ओखर एउटा यस्तो फल हो, जसले मानिसका लागि अत्यावश्यक पदार्थहरु भिटामिन बी, भिटामिन ई, ओमेगा– ३, ओमेगा–६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङक, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र प्राकृतिक मिनरल्सहरु प्रशस्त मात्रामा पाइन्छ ।
ओखरमा एन्टिअक्सिडेन्ट नामक तत्व हुन्छ । जसको सेवनले कपाल तथा छाला सम्बन्धी समस्याबाट मुक्ति दिनुको साथै बढ्दो उमेरमा हुने चाउरिपनाबाट छुटकारा पाउन सकिन्छ । दैनिक चारपाँच ओटा ओखरको सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलस्टोलको मात्रा कम गर्न मद्दत गर्छ ।
ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउन सहयोग पुर्याउँछ । ओखरको सेवन मधुमेहका विरामीहरुका लागि पनि फाइदाजनक छ । ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पाचन क्रियालाई मजबुद बनाउँछ । साथै, ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्यालाई राहत प्रदान गर्छ । ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति दिन सहयोग गर्छ ।
साथै, यसको नियमित सेवनले मष्तिस्कलाई स्वस्थ बनाई राख्छ । ओखरको सेवनले पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । नियमित ओखर सेवन रक्तचाप, मृगौला, कोलस्टोल र मुटुसँग समबन्धी समस्याका समाधानका लागि उपयोगी हुन्छ । ओखरले मृगौलामा पत्थरी हुनबाट पनि जोगाउँछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक








