रुकुमकोटमा ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता’ हुने

काठमाडौं, २१ मंसिर । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा रुकुमपुर्वको रुकुमकोटमा पहिलोपटक इन्डोर ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ हुने भएको छ । प्रतियोगिता मंसिर २७ गते विहान ११ बजे उद्घाटन हुनेछ ।
आयोजक संस्थाकी अध्यक्ष अस्मी बुढा मगरका अनुसार प्रतियोगिता सबै खेलाडीका लागि खुला रहनेछ र जुनसुकै उमेर तथा समूहका स्केटरहरू सहभागी हुन सक्नेछन् । उनका अनुसार सिनियरतर्फ दर्ता शुल्क ५ सय र जुनियरतर्फ दर्ता शुक्ल २ सय रेहको छ ।
अध्यक्ष मगरका अनुसार यस प्रतियोगिताले जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन, युवा प्रतिभा पहिचान तथा स्केटिङ खेलप्रति नयाँ पुस्तालाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यो प्रतियोगिता आयोजना पश्चात् जिल्लामा स्केटिङ संघ गठनको पहल समेत गर्ने उनको योजना छ ।
साथै, लुम्बिनी प्रदेशस्तरीय स्केटिङ प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन् । यो स्तरको स्केटिङ प्रतियोगिता जिल्लामा पहिलोपटक हुन लागेकाले कार्यक्रम सफल बनाउन सबैको सहकार्य अपरिहार्य रहेको अध्यक्ष मगरले बताईन् ।
रुकुमकोटमा आयोजना हुन लागेको यो प्रतियोगिता स्थानीय खेल क्षेत्रका लागि ऐतिहासिक तथा प्रेरणादायी कदमका रूपमा हेरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने
सूचना-प्रविधि२०८३ बैशाख ७, सोमबार १२:०१अब अपाङ्ग पहुँचमैत्री सुविधा सरकारी ‘वेबसाइट’मा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो








