लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

कैलालीः सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।
सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ । जहाँ उक्त सामुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।
यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन् । ती कक्षमा थारु समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन् । व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन् ।
प्रदर्शनी घरमा थारू परिकार पाइनुका साथै थारू संस्कृतिका विभिन्न गीत, नाचगान प्रस्तुति गर्ने गरिएको छ । यहाँ अवलोकनका लागि आउने दर्शकले ती लोकगीत सुन्न तथा नाचगानमा झम्मिन्छन् । सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपानलाई जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले प्रत्येक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आउनुभएको छ । चौधरीले त्यसको व्यवस्थापनका लागि १० लाख रुपैयाँ जति लगानी गरेको र करिब १५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको बताउनुभयो ।
“यहाँ मात्र नभई अन्य विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पनि थारू सङ्ग्रालय तथा थारू कला प्रदर्शनी घर सञ्चालन गर्दै आएको छु । यसले आम्दानीका साथै आफ्नो समुदायको लोकसंस्कृति, खानपान, रहनसहनको प्रचार गर्न पनि सघाउ पुगेको छ”, उहाँले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार ०९:२६स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
समाचार२०८२ पुष ११, शुक्रबार १९:४९नौ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
समाचार२०८२ पुष ११, शुक्रबार १८:२८छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा
कला, विचार/मनोरञ्जन२०८२ पुष ११, शुक्रबार १४:५७दिनेश डिसी र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन








