माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ, २ पुस । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ-२ स्थित नामासुङ र न्यानोल गाउँमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ९बीओपी० र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।
हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरुलाई ज्वरो, रुघाखोकी र निमोनियालगायतका स्वास्थ्य समस्याहरु देखिने संम्भावना हुने भएको स्थानीय नागरिकहरुको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको प्रमुख पौडेलले बताए ।
एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक÷एक जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा खटिएका प्रमुख पौडेलले उल्लेख गरे । शिविरमा नामासुङ र न्यानोलका १९ महिला र तीन पुरुष गरी २२ जनाले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएको एक्याप लोमान्थाङले जनाएको छ । यसप्रकारका स्वास्थ्य शिविर आवश्यक अनुसार हिउँदयामभरी सञ्चालन गरिने कार्यालय प्रमुख पौडेलको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान








