ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

धादिङबेशी २,पुस । ज्वालामुखी गाउँपालिकामा सञ्चालन भइरहेको स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको परियोजनाको कार्यप्रगति समीक्षा तथा पालिका स्तरमा देखिएका समस्या समाधानका लागि विज्ञ टोलीले आज फिल्ड अवलोकन गरेको छ ।
फिल्ड अवलोकन तथा अनुगमनमा ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्याल, पशु सेवा कार्यालय धादिङका प्रमुख डा. बबलु ठाकुर, कृषि विकास कार्यालय धादिङकी बागवनी बिकास अधिकृत सबिना देवकोटा, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, पशु सेवा शाखा प्रमुख डा. शुलभ श्रेष्ठ, कृषि बिकास शाखा प्रमुख विदुर तिमल्सिना, स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाका परियोजना संयोजक मनोज पोखरेल तथा नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्जका प्रमुख बद्री अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
परियोजनाले हालसम्म सञ्चालन गरेका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमबाट प्राप्त उपलब्धीको मूल्याङ्कन गर्नुका साथै स्थानीय तहमा देखिएका व्यवहारिक समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले फिल्ड अवलोकन गरिएको परियोजना संयोजक पोखरेलले बताउनु भयो ।
टोलीले ज्वालामुखी गाउँपालिकाका बिभिन्न वडाका किसानहरुको घरगोठ तथा तरकारी टनेलक्षेत्रमा नै पुगी अवलोकन गरेको थियो । किसानहरूले परियोजनाबाट प्राप्त अभिमुखीकरण र तालिमले कृषि पेशाप्रति उत्साह बढेको र आधुनिक कृषि कर्मतर्फ आकर्षण बढेको प्रतिक्रिया दिएका छन् । हाल ज्वालामुखी गाउँपालिकामा त्रिरत्न मौरी पकेट विकास कृषक समूहमार्फत वडा नं. ६ मा करिव ३०० घार मौरी पालन भइरहेको छ, जसले किसानको आयआर्जनमा सकारात्मक योगदान पु¥याइरहेको अनुगमन टोलीले जनाएको छ ।
यसै क्रममा परियोजनाले विद्यालयस्तरमा जंक फुड निषेधको कार्यान्वयन अवस्था बुझ्न ज्वालामुखी गाउँपालिका वडा नं. ४ स्थित कालिका माध्यामिक विद्यालय र वडा नं. २ स्थित ठुलोचौर माध्यमिक विद्यालयमा समेत अनुगमन तथा अन्तरक्रिया गरेको थियो ।
स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाले ज्वालामुखी गाउँपालिकामा कृषि तथा खाद्य संगठन (FAO Nepal) को आर्थिक सहयोगमा खाद्य प्रणाली रुपान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजनाले खाद्य प्रणाली रुपान्तरणका लागि पञ्चवर्षीय रणनीतिक योजना तयार गरिसकेको छ भने किसानहरूको क्षमता अभिवृद्धिका लागि पशु आहार व्यवस्थापन, खाद्य उत्पादनमा बिषादी न्यूनिकरण,रासायनिक मललाई कम गर्दै गुणस्तरीय उत्पादनको लागी जैबिक मलको प्रयोग,पत्रु खाना कम गर्दैै हाईजनिक फुडको प्रयोगलाई प्रोत्साहन गर्ने,मौरीपालन लगायतका क्षेत्रमा तालिम तथा अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
अनुगमन टोलीले परियोजनाले स्थानीय कृषि प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकाल्दै आगामी दिनमा स्थानीय तहसँग सहकार्य अझ सुदृढ गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…














