धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

धादिङबेशी,३ पौष । धादिङ–२ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश कार्यसमितिका सदस्य राजन आर्याल उम्मेद्वार बन्न इच्छुक देखिनु भएको छ।
रास्वपा धादिङका केही स्थानीय नेताहरूसँग बुझ्दा राजन आर्याल पार्टीका जमिनी कार्यकर्तासँग घुलमिल भएर काम गर्दै आएको नेता भएकाले उहाँको उम्मेद्वारी आकांक्षा स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा धादिङ–२ को चुनावी कमाण्ड सम्हालेको अनुभव पनि उहाँसँग छ।
२०७९ सालको निर्वाचनमा रास्वपाकी केन्द्रीय सह–कोषाध्यक्ष बसुमाया तामाङ उम्मेद्वार हुँदा राजन आर्याल ८–१० जना साथीसहित सक्रिय रूपमा चुनावी अभियानमा खटिनुभएको थियो। सो निर्वाचनमा रास्वपाकी उम्मेद्वार तामाङले करिब ६ हजार मत प्राप्त गरेकी थिइन्।
बागमती प्रदेशभित्र स्पष्ट विचार राख्ने, आफ्नो अडानमा अडिग रहने खरो नेताको रूपमा चिनिने आर्याल पार्टी स्थापना भएको दिनदेखि नै निरन्तर सक्रिय रहँदै आउनुभएको छ। २०७९ फागुन ७ गते सम्पन्न रास्वपाको बागमती प्रदेशको विस्तारित भेलामा उहाँ खुला तर्फबाट १२७ मतसहित प्रदेश कार्यसमितिको सदस्यमा निर्वाचित हुनुभएको थियो।
जिल्लामा संगठन निर्माणमा निरन्तर योगदान दिएको नेताका रूपमा चिनिँदै आएका आर्यालको नाम गएको २० गते काठमाडौँको स्वयम्भूमा सम्पन्न पार्टी कार्यक्रममा पनि चर्चामा आएको थियो। सो कार्यक्रममा एक जना पालिका सभापतिले धादिङ–२ बाट उम्मेद्वार छनोट गर्दा राजन आर्याल, पार्टी सभापति डोलप्रसाद आर्याल, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे तथा जिल्ला उपसभापति गोपाल गुरुङमध्येबाट चयन हुनुपर्ने धारणा राख्नुभएको थियो।
यद्यपि पछिल्लो समय पार्टी प्रवेश गरेका संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ, नेपाली कांग्रेसको जिल्ला सदस्य पद त्यागेर रास्वपा प्रवेश गरेका कृष्णमान शाक्य, केशव अधिकारी, गोपाल गुरुङलगायत नेताहरूको नाम पनि उम्मेद्वारीका लागि चर्चामा रहेको छ।
पार्टीभित्रको आन्तरिक चर्चाबारे राजन आर्यालसँग फोन सम्पर्क गर्दा उहाँले साथीभाइसँग सल्लाह भइरहेको प्रतिक्रिया दिनुभयो। इच्छुक जो कोही उम्मेद्वार भए पनि यसपटक धादिङ–२ मा रास्वपाका उम्मेद्वारले निर्वाचन जित्ने दाबी उहाँको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो
समाचार२०८२ चैत्र १०, मंगलवार ११:३२रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार बोलाइयो
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP







