‘मस्कुलर डिस्ट्रोफी’ बाट पीडित लियामको उपचार र जनचेतना अभिवृद्धिका लागि ‘होप फर लियाम’ क्याम्पियन सुरु

काठमाडौं, १० पुस । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–३ का मस्कुलर डिस्ट्रोफी रोगबाट पीडित साढे २ वर्षीय लियाम थापाको उपचारको लागि ‘होप फर लियाम’ क्याम्पियन चलाइएकाे छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै म्याम्पियनको सुरुवात गरिएको हो । मस्कुलर डिस्ट्रोफी एक वंशानुगत रोग हो । जसले बालबालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा नकरात्मक असर पार्छ ।
मस्कुलर डिस्ट्रोफी प्रत्येक ५ हजार जना पुरुषमा एक जना र प्रत्येक एक लाख महिलामा एक जनालाई देखा पर्ने रोग हो । यसको उपचार अत्यन्तै दुर्लभ र महँगो रहेको छ । लियामको उपचारका लागि सहयोग जुटाउने र मस्कुलर डिस्ट्रोफीबारे जनचेतना जगाउने उद्देश्यले कम्पियनको सुरुवात गरिएको बताइएको छ ।
कार्यक्रममा लियामकी आमा निर्जला सिग्देल, गायक धिरज राई, मस्कुलर डिस्ट्रोफी फाउन्डेसनका उपाध्यक्ष अनिल उपाध्यायलगायतले आ–आफ्नो धारणा राखेका थिए । लियामको उपचारका लागि सहयोग गर्न र उनकोबारेमा थप जानकारी लिनका लागि ९८४१५०१९४३ मा सम्पर्क गर्न सकिने पनि बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार २०:१२नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार १६:५०कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो








