धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

धादिङबेशी,११ पौष । आगामी निर्वाचनका लागि धादिङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। नेपाली कम्युनिष्ट पार्टीले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

शुक्रबार क्षेत्र नं. १ र शनिबार क्षेत्र नं. २ को बैठकले आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरी जिल्ला कमिटीमा सिफारिस गरेको हो। यी नामहरू अब जिल्ला हुँदै प्रदेश र केन्द्रमा पठाइनेछन्, जहाँबाट उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लाग्नेछ।

हेरौँ, कुन क्षेत्रबाट को-को परे सिफारिसमा :


धादिङ क्षेत्र नं. १: हेभिवेट नेताहरूको प्रतिष्पर्धा

क्षेत्र नं. १ ले शुक्रबार नै प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। यहाँ पूर्व मुख्यमन्त्रीदेखि पुराना नेताहरूको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ:

  • राजेन्द्रप्रसाद पाण्डे

  • गंगालाल तुलाधर

  • सुवास खतिवडा

  • कुमारप्रसाद पाण्डे

  • दिपक लामिछाने

  • पित्तबहादुर डल्लाकोटी

समानुपातिकतर्फ:

सीता ढुङ्गाना, संगिता कडेल, उर्मिला सुवेदी, गौगात्री चौलागाईं, गंगालाल तुलाधर, सूर्य तामाङ, खेम भुजेल, बुद्ध गुरुङ, हिराबहादुर थापामगर र रामशरण सेन्चुरी।


धादिङ क्षेत्र नं. २: ‘ज्युँदा सहिद’ देखि ‘जेन्जी’ सम्मको रोजाइ

शनिबार सम्पन्न क्षेत्र नं. २ को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि विभिन्न पृष्ठभूमि भएका नेताहरूको नाम सिफारिस गरेको छ। विशेष गरी प्रत्यक्षतर्फ पूर्व माओवादी, पूर्व एकीकृत समाजवादी र युवा पुस्ता (जेन्जी) को प्रतिनिधित्वलाई ध्यान दिइएको देखिन्छ।

राष्ट्रिय सभातर्फ:

  • मोहन कार्की

  • विष्णु पुकार श्रेष्ठ

  • कमल सापकोटा

  • गुरु बुर्लाकोटी

प्रतिनिधिसभा प्रत्यक्षतर्फ (आकांक्षीहरू):

क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ क. राम बहादुर भण्डारीको नाम एक नम्बरमा सिफारिस भएको छ। सिफारिस सूची यस प्रकार छ:

  • राम बहादुर भण्डारी

  • पुष्पविक्रम मल्ल
  • जगत सिंखडा

  • अञ्जन थापा

  • नवराज गौली

  • अनिल रिजाल

  • सरला धमला

  • शिशिर तामाङ (जेन्जी समूह)

प्रतिनिधिसभा समानुपातिकतर्फ:

इन्दिरा ढुङ्गाना,सरला धमला,लिलामणि न्यौपाने, दिपा सिंखडा,कृष्णबहादुर दाहाल,शोभा ढंगोल, बेदनिधि अधिकारी,लक्ष्मी थापामगर, तिलक थापामगर, उमेश घले, सन्दीप स्याम्चेन, शान्त विक्रम बानियाँ, भिम परियार, रामबहादुर बस्याल, सिलास तामाङ।

यो पनि पढ्नुहोस् :  नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 क्षेत्रबाट सिफारिस भएका यी नामहरू मध्येबाट पार्टीको माथिल्लो निकायले जिल्लाको वस्तुस्थिति र पपुलारिटीका आधारमा अन्तिम टिकट वितरण गर्नेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   1   =  

Protected by Spam Master