भारतको औद्योगिक उत्पादनमा उल्लेखनीय वृद्धि

नयाँ दिल्ली। भारतको औद्योगिक उत्पादन सूचकाङ्क (आईआईपी) अनुसार नोभेम्बर महिनामा देशको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको छ । सम्बन्धित सरकारी तथ्याङ्कले सोमबार यो जानकारी सार्वजनिक गरेको हो ।
सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विवरणअनुसार, नोभेम्बरको औद्योगिक उत्पादन वृद्धि दर अघिल्लो महिना अक्टोबरको प्रारम्भिक अनुमानित ०.४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो ।
मन्त्रालयका अनुसार औद्योगिक उत्पादनमा आएको वृद्धिमा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको ८ प्रतिशत वृद्धिले मुख्य योगदान दिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा, नोभेम्बर महिनामा खानी क्षेत्र ५.४ प्रतिशतले वृद्धि भएको छ भने उत्पादन क्षेत्र ८ प्रतिशतले बढेको छ । यस्तै, विद्युत् उत्पादन क्षेत्र भने १.५ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








