दयालु दाता खोज्दै सिन्धुपाल्चोकका सुशान्त

काठमाडौं । मेलम्ची नगरपालिका–१ सिन्धुपाल्चोक पाटीगाउँका सुशान्त चौलागाईंको उपचारमा परिवारजनले आर्थिक सहयोगका लागि दाता खोज्न थालेका छन् ।
हाल उनी ठूलो आन्द्रामा फेमेलियल एडेनोमेटस पोलिपोसिस (Familial Adenomatous Polyposis) रोगबाट ग्रस्त भई वीर अस्पतालमा भर्नापछि उपचारका क्रममा रहेका छन् । उनको रोगसम्बद्ध चिकित्सकको सल्लाहअनुसार सो आन्द्राले कुनै काम नगर्ने भएको हुनाले गत पुस ८ मा शल्यक्रियासमेत भइसकेको छ । यसको उपचारका क्रममा हालसम्म पाँच लाख रकम खर्च भइसकेको र दैनिक १० देखि १५ हजारसम्म खर्च लाग्ने भएको हुँदा थप उपचारका लागि आफ्नो कमजोर आर्थिक अवस्थाले गर्दा बाँकी खर्च जुटाउन नसक्ने उनका पिता नवराज चौंलागाईंले बताएका छन् ।
पाँच वर्षको कलिलो उमेरमा आमा गुमाएका उनी घरपरिवार र बुवाको संरक्षणमा रहे पनि आर्थिक अवस्था अनि विविध कारणले पठनपाठनलगायतका कार्य गर्न परिवारमा त्यति सहज थिएन । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि थप अध्ययनका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको भैरव मन्दिरमा बसी दुखजिलोका साथ स्नातक तहमा अध्ययनरत उनी अहिले मात्र २३ वर्षका छन् । उनी यो उमेरमा यस्तो गम्भीर रोगबाट आक्रान्त भई उपचारका क्रममा छन् ।
सहयोगको लागि बैंक खाताको क्युआर कोड समेत सार्वजनिक गरिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १६, बुधबार १८:५९फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक, माघ २३ मा रिलिज हुँदै
समाचार२०८२ पुष १६, बुधबार १८:३०सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुखः प्रधानमन्त्री कार्की
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १६, बुधबार १६:२१दयालु दाता खोज्दै सिन्धुपाल्चोकका सुशान्त
खेलकुद२०८२ पुष १६, बुधबार १४:५४विश्वकपको ट्रफी नेपालमा ल्याइने « रिपोर्टर्स नेपाल







