दयालु दाता खोज्दै सिन्धुपाल्चोकका सुशान्त

काठमाडौं । मेलम्ची नगरपालिका–१ सिन्धुपाल्चोक पाटीगाउँका सुशान्त चौलागाईंको उपचारमा परिवारजनले आर्थिक सहयोगका लागि दाता खोज्न थालेका छन् ।
हाल उनी ठूलो आन्द्रामा फेमेलियल एडेनोमेटस पोलिपोसिस (Familial Adenomatous Polyposis) रोगबाट ग्रस्त भई वीर अस्पतालमा भर्नापछि उपचारका क्रममा रहेका छन् । उनको रोगसम्बद्ध चिकित्सकको सल्लाहअनुसार सो आन्द्राले कुनै काम नगर्ने भएको हुनाले गत पुस ८ मा शल्यक्रियासमेत भइसकेको छ । यसको उपचारका क्रममा हालसम्म पाँच लाख रकम खर्च भइसकेको र दैनिक १० देखि १५ हजारसम्म खर्च लाग्ने भएको हुँदा थप उपचारका लागि आफ्नो कमजोर आर्थिक अवस्थाले गर्दा बाँकी खर्च जुटाउन नसक्ने उनका पिता नवराज चौंलागाईंले बताएका छन् ।
पाँच वर्षको कलिलो उमेरमा आमा गुमाएका उनी घरपरिवार र बुवाको संरक्षणमा रहे पनि आर्थिक अवस्था अनि विविध कारणले पठनपाठनलगायतका कार्य गर्न परिवारमा त्यति सहज थिएन । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि थप अध्ययनका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको भैरव मन्दिरमा बसी दुखजिलोका साथ स्नातक तहमा अध्ययनरत उनी अहिले मात्र २३ वर्षका छन् । उनी यो उमेरमा यस्तो गम्भीर रोगबाट आक्रान्त भई उपचारका क्रममा छन् ।
सहयोगको लागि बैंक खाताको क्युआर कोड समेत सार्वजनिक गरिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









