‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं। आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को चर्चित गीत ‘लैजा खबर ए हावा’ को नेवारी भर्सन सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत नेवारी भाषामा तयार गरिएको गीत सार्वजनिक गरेको हो।
नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठ को स्वर रहेको छ। सार्वजनिक भएलगत्तै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। केही दिनअघि गायक रवि ओडको स्वरमा आएको ओरिजिनल संस्करणलाई दर्शक–श्रोताले अत्यधिक रुचाएका थिए।
नेवारी भर्सनमा स्वर दिएका यमन श्रेष्ठले यही गीत नेवारी भाषामा गाउन पाउँदा आफू निकै खुसी भएको बताए। बाबुल गिरीको शब्द र संगीत रहेको यस गीतलाई नेवारी भाषामा मदन कृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।
फिल्मका निर्देशक चन्द्र पन्तले चलचित्रमा नेपालीसँगै नेवारी भाषामा पनि गीत समावेश गरिएको र दर्शक–श्रोताले यसलाई मन पराउनेमा आफू विश्वस्त रहेको बताए। उनले भविष्यमा अन्य भाषामा पनि यही गीत रेकर्ड गर्ने योजना रहेको जानकारी दिए।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विपना थापा र पल शाह प्रमुख भूमिकामा छन्। साथै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको पनि अभिनय रहेको छ। हाल फिल्मको प्रचार–प्रसारमा अभिनेता पल शाह, विपना थापा सहित सम्पूर्ण निर्माण टिम सक्रिय रूपमा जुटिरहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को रहेको छ। गीतका भिडियोमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको छायांकन रहेको यस फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यू निरवीद र चन्द्र पन्तले संयुक्त रूपमा लेखेका हुन्।
चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खान द्वारा निर्माण गरिएको हो। नेपालमा चलचित्रको वितरण अधिकार आरआर फिल्म्स सँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:४४चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:३९जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २६, मंगलवार १३:२१सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ जेष्ठ २६, मंगलवार १०:३६फिफा विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फिर्ता पठाइयो









