पार्टी भित्र कोही मालिक र दास छैन-महामन्त्री थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र कोही मालिक र दास नरहेको भन्दै कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र कोही मालिक र दास नरहने भन्दै यदि अवस्था रहेको भएपनि विशेष अधिवेशनसँगै त्यो भत्किएको बताउनु भएको हो ।
“कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कोही बा छैन नबोल भन्दा बोल्न छाड्ने छैन । पार्टीभित्र कोही मालिक र दास छैन । थियो भने पनि आजबाट भत्कियो । भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ ।”
विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताउनु हुँदै थापाले उक्त निर्णय आफुलाई स्वीकार्य भएको बताउनु भयो ।
“यो कहाँ गएर टुंगिन्छ थाहा छैन । भोलि अधिवेशनको हाउस बस्छ । त्यसले जे निर्णय गर्छ । मेरो लागि त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नुपर्छ,” महामन्त्री थापाले अगाडि भन्नुभयो यो महाधिवेशन कहाँ गएर टुंगिन्छ थाहा छैन, केन्द्रीय समितिको आह्वान भएको भए सम्भवतः यहाँ गएर टुंगिन्छ भन्ने थिएँ । महाधिवेशन सदस्यले मागेर भएको विशेष महाधिवेशन हो । प्रतिनिधिहरूले नीति पनि नेता पनि बदल्ने भन्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ थाहा छैन, म पनि पाहुना हो । हलले निर्णय गर्छ, मेरो लागि स्वीकार्य छ ।”
थापाले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताउनु भयो ।
उहाँले आफूहरूले शक्ति र पार्टीभित्रको सत्ताको सङ्घर्ष नगरेको बताउनुहुँदै यो विचार, मूल्य र मान्यताको सङ्घर्ष रहेको भन्दै यो विशेष महाधिवेशनलाई नाम मात्रै विशेष होइन विशेष बनाएर छाड्ने बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन








