सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा, ४ माघ । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो ।
मेलम्चीले उपाधिसँगै नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले नगद रु ७५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगद रु ५० हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार रु २५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









