थाइल्यान्डविरुद्धको खेलमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं, माघ ४ । नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेपछिी नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।
पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ । त्यसैले नेपाल आज जित निकल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । त्यसो त थाइल्यान्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन । थाइल्यान्ड नेपालभन्दा बलियो टिम हो ।
थाइल्यान्डले महिला टी–२० विश्वकप खेलिसकेको छ । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष तीनमा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष चारमा पर्नुपर्नेछ । शीर्ष चारमा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त








