देवघाटमा ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न

भरतपुर – ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन देवघाट धाममा भव्य रूपमा सम्पन्न भएको छ।
महाधिवेशनबाट मेघराज आचार्य (दाङ) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा भूपेन्द्रराज घिमिरे (चितवन) र महिला उपाध्यक्षमा सावित्री अधिकारी (चितवन) चयन भएका छन्।
उपाध्यक्षहरूमा माधव सापकोटा (चितवन), हृदयराज बजगाइँ (कञ्चनपुर), कमलप्रसाद भट्टराई (दाङ), गंगाप्रसाद उपाध्याय ‘शंकर’ (जुम्ला), मीनप्रसाद भट्टराई (गोरखा), श्रीकृष्ण गौतम (तेह्रथुम) र पिताम्बर पौडेल (बारा) निर्वाचित भएका छन्।
महासचिवमा केशव गौतम (दाङ), उपमहासचिवमा लवहरि अधिकारी (मकवानपुर), सचिवमा रामशरण सिंखडा (चितवन), सहसचिवमा बालकृष्ण घिमिरे (मकवानपुर) चयन भएका छन्।
कोषाध्यक्षमा भूपेन्द्र पौडेल (मकवानपुर), सहकोषाध्यक्षमा कमलप्रसाद कोइराला (चितवन) र प्रचार सचिवमा विदुर पोखरेल ‘कल्की’ (गोरखा) निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरूमा थानेश्वर रिजाल (सुर्खेत), कृष्णप्रसाद पराजुली (स्याङजा), गोकर्णहरि दाहाल (काठमाडौँ), सरिता खनाल हुमागाइँ (नवलपुर), तुलसा आचार्य (रोल्पा), विष्णु देवकोटा (रुकुम पूर्व), वसन्ती नहर्की (तनहुँ), कृष्णप्रसाद अर्याल (नवलपरासी), देवीलाल सुवेदी (स्याङजा), हिराचन्द्र बराल (कैलाली), पूर्णप्रसाद पंगेनी (कास्की), दुर्गाबहादुर कुँवर (काठमाडौँ), मदन शर्मा (रुकुम पूर्व), थानेश्वर न्यौपाने (प्युठान) र आनन्दप्रसाद भुसाल (कपिलवस्तु) निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत मणिराज आचार्य ‘मौसम’का अनुसार महाधिवेशनमा नेपालभरबाट ५०० भन्दा बढी ज्योतिषहरूको सहभागिता रहेको थियो।
हरिकिर्तन वैदिक धर्मशाला, देवघाट धाममा सम्पन्न कार्यक्रम ज्योतिषसम्बन्धी विविध गतिविधिसहित सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
माघ ३ गते सम्पन्न समापन सत्रमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो। समापन अवसरमा ज्योतिषसम्बन्धी सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
अपेक्षाभन्दा भव्य र ऐतिहासिक रूपमा सम्पन्न महाधिवेशनले वैदिक ज्योतिष परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार २१:०९भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal







