नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

धादिङ,माघ ६
नीलकण्ठ नगरपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुहुदै छ । नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन तथा व्यवस्थापन समितिको बैठक नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेर प्रतियोगिताको कार्यतालिका, जिम्मेवारी बाँडफाँड तथा व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो।
समितिको निर्णयअनुसार माघ ६ गते बिहान ८ बजेदेखि भलिबल, एथलेटिक्स र कबड्डी प्रतियोगिता सञ्चालन गरिनेछ। सोही दिन बिहान ११ बजे पुछार बजारबाट सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, व्यवस्थापन टोली तथा अतिथिहरूको सहभागितामा ¥याली आयोजना गरिने बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्टले जानकारी दिनुभयो। ¥यालीपछि निलकण्ठ नगरपालिकाको अगाडिको खेल मैदानमा साढे १२ बजे औपचारिक उद्घाटन कार्यक्रम हुने छ।
३ दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निलकण्ठ नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी २९ वटा माध्यमिक विद्यालय सहभागी हुनेछन्। प्रतियोगितामा प्रत्यक्ष रूपमा ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने अनुमान गरिएको भट्टले बताउनुभयो ।
नगर प्रमुख ढुंगानाको निर्देशनअनुसार टाढा दूरीका विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी ४५० रुपैयाँ र नजिकका विद्यालयका लागि ३५० रुपैयाँ खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको भट्टले बताउनुभयो । जुन अघिल्लो वर्षभन्दा बढी हो।
निलकण्ठ नगरपालिकाले विगत तीन वर्षदेखि लगातार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड जित्दै आएको उल्लेख गर्दै यस वर्ष पनि ‘खेलमय विद्यालय, खेलमय पालिका र खेलमय स्थानीय शासन’को अवधारणालाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ। नगरपालिकाले राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








