आज नेपाल र जिम्बाब्वे भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, माघ १० । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जिम्बाब्वे भिड्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरू हुनेछ ।
दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाललाई सुपर सिक्सको सम्भावना जीवित राख्न आजको खेलमा जितको विकल्प छैन । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।
यता जिम्बाब्वेपनि आफ्नो पछिल्लो ५ खेलमा पराजित भएको छ । छनोटको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २२ रनले पराजित हुँदै छनोटको शुरुवात गरेको जिम्बाब्वेले दोस्रो खेलमा थाइल्याण्डसँग एक रन र तेस्रो खेलमा स्कटल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । आजै हुने अन्य खेलमा स्कटल्याण्ड र थाइल्याण्ड, नामिबिया र पपुवा न्युगिनी तथा बंगलादेश र आयरल्याण्ड भिड्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









