राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा,भोलि बिहान ९ बजेदेखि मतदान

काठमाडौँ- राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।
१८ सिट रिक्न हुने भएपनि नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले १७ जनाकालागि निर्वाचन हुन लाथेको हो । सो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४३ मतदाता कायम भएका छन् ।
जसमध्ये केही प्रदेश सभा सदस्य र केही स्थानीय पालिकाका प्रमुखले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न राजिनामा दिएकाले मतदाताको यकीन संख्या कायम गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यकालागि ५३ र स्थानीय तहका पदाधिकारीकालागि १९ मतभार तोकिएको छ । भोली हुने निर्वाचनकालागि सबै तयारी पुरा भएको पनि आयोगले जनाएको छ
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
खेलकुद२०८२ चैत्र २१, शनिबार ०८:३९पञ्जावको लगातार दोस्रो जित « रिपोर्टर्स नेपाल







