रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा

चन्द्रपुर (रौतहट), १३ माघ । पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लस्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सोमबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लामा पछिल्ला समय कुष्ठरोगी बढेका जानकारी दिइएको हो ।
‘कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद् मुख्य चुनौती’ भन्ने मूल नाराका साथ आयोजित अभिमुखीकरण कार्यक्रममा द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति राजकुमार साहले विगतको तुलनामा पछिल्लो समय यहाँ कुष्ठरोगका बिरामी बढेका बताए । उनका अनुसार आव २०८१/८२ र चालु आवको साउनदेखियता रौतहटमा १६७ जना कुष्ठरोगी भेटिएका हुन् । साउनदेखियता मात्रै ३२ जना नयाँ बिरामी फेला परेका उनले जानकारी दिए ।
सबैभन्दा बढी यमुनामाई गाउँपालिका, कटहरिया र माधवनारायण नगरपालिकामा कुष्ठरोगी देखापरेका स्रोतव्यक्ति साहले जानकारी दिए । “कुष्ठरोगका बिरामी दुई किसिमका हुन्छ । एक किसिमका बिरामीले छ महिना औषधि सेवन गर्नुपर्छ भने अर्को किसिमका बिरामीले एक वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ ।”
कुष्ठरोगीको उपचार पालिकास्तरीय स्वास्थ्य संस्थामा उपलब्ध हुने जनाउँदै स्रोतव्यक्ति साहले औषधि उपचारका लागि समस्या नभएका सङ्का लागेका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न आग्रह गरे । समयमै पहिचान र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण रूपमा निको हुने स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले बताए ।
उनले कुष्ठरोगबारे अझै समाजमा गलत धारणा र डरत्रास कायम रहेकामा जनचेतनाका माध्यमबाट सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
समाचार२०८२ चैत्र २०, शुक्रबार २०:५५संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल
समाचार२०८२ चैत्र २०, शुक्रबार १९:०६पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण








