निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

धादिङ,१३ माघ
धादिङमा आसन्न निर्वाचनका विषयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।सोमबार धादिङबेँसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा जिल्लाका सञ्चारकर्मीहरूसँग निर्वाचन आचारसंहितासम्बन्धी र निर्वाचन तयारीका विषयमा छलफल गरिएको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले मतदानको समय अब ३८ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै निर्वाचन कार्यालयका तर्फबाट आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

साना सूचनाले समेत ठूलो प्रभाव पार्न सक्ने भन्दै उहाँले निर्वाचन आयोगले आचारसंहिता जारी गरेको स्पष्ट पार्नुभयो। आचारसंहिताबारे जनप्रतिनिधि, राजनीतिक दल, कार्यकर्ता र सर्वसाधारणमा पर्याप्त जानकारी नहुँदा उल्लङ्घन हुने गरेको उल्लेख गर्दै मिडियामार्फत सचेतनामूलक सूचना प्रवाह आवश्यक रहेको उहाँको भनाइ थियो।प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँले कर्मचारी परिचालन, सुरक्षा, मतदाता शिक्षा, राजनीतिक दल, पत्रकार तथा निर्वाचन अधिकारीसँगको समन्वयात्मक कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा रणनीति तयार भइसकेको बताउनुभयो । मतदान अघिदेखि मतगणना सम्पन्न नहुँदासम्म शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिने छ । आसन्न निर्वाचन शान्तिपूर्ण अवस्थामा सम्पन्न गरिने उहाँले बताउनुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले निर्वाचन कार्यालयबाट अधिकतम सूचना प्रवाह भएमा निर्वाचन प्रक्रिया थप पारदर्शी, स्वच्छ र निष्पक्ष हुने उल्लेख गर्दै सूचना प्रवाहमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो।कार्यक्रममा सहभागी पत्रकारहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचन कार्यालय, प्रशासन र प्रहरीबाट आवश्यक सहजीकरण हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा,प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकारी तथा जिल्लाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त







