राति अबेरसम्म मतदाता माझ काँग्रेस सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीमा मतदाता नेता एवम कार्यकर्ता भेटघाटलाइ अघि बढाउनु भएको छ ।
सोमवार सर्लाही आउनु भएका काँग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदाताका बीच पुग्नु भएको हो । थापाले आज मतदात भेटघाटदेखि उक्त निर्वाचन क्षेत्रमा रहेका विकास निर्माणका अलपत्र परियोजनाहरुको जानकारी समेत लिनु भयो । राति अबेर सम्म पनि थापा मतदाता बीच भेटवार्ता चलिरहेको थियो ।

मतदाताहरु सँग स्थानीय समस्या सुन्दै सभापति थापाले यस क्षेत्रको आबज अझ बुलन्द गर्ने बताउनु भयो ।
उहाँले आफूले सर्लाहीमा गरिरहेको कुरा काठमाडौंमा पनि निरन्तरता दिने बताउनु भयो । ‘मैले आज यहाँ सर्लाहीमा जे कुरा गरिरहेको छु, काठमाडौं पुगेपछि पनि त्यही कुरा गर्छु । मेरो विचार एउटै हो,’ उहाँले भन्नु भयो ।
सभापति थापाले काठमाडौंका मानिसलाई जति हक छ, सर्लाहीका मानिसलाई पनि त्यति नै हक छ । सबै बराबर हकदार छन् । म यही विश्वास र मान्यतामा दृढ छु ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








