धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

धादिङबेशी, १५ माघ । १० औँ धादिङ महोत्सव–२०८२ सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै जिल्लामा आर्थिक गतिशीलता बढाउने उद्देश्य बिहिबारदेखि सुरु भएको हो ।

नीलकण्ठ नगरपालिका धादिङबेसीस्थित खुला मञ्चमा भएको महोत्सवको उद्धघाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको हो । महोत्सव उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि ढकालले धादिङ जिल्लाको उत्पादन, पर्यटन र स्थानीय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने यस्ता महोत्सवहरूले अर्थतन्त्र चलायमान बनाउने बताउनुभएको थियो । उहाँले सोहि समारोहमा बुढिगण्डकी जलबिद्युत आयोजना निर्माणमा अव ढिलाई गर्न नहुने र आयोजना अगाडी बढाउन निजी क्षेत्र तयार रहेको बताउनु भयो ।

उद्घाटनअघि धादिङबेसी पुछारबजारबाट सुरु भएको विभिन्न जातजाति तथा भाषाभाषीको सांस्कृतिक पहिचान झल्किने झाँकी, भजन, महिला बाजा सहितको र्याली महोत्सव स्थल खुल्लामञ्चसम्म पुगेको थियो । झाँकी तथा महिला बाजा प्रतियोगिताका रूपमा पनि आयोजना गरिएको थियो । धादिङको दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन र जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो ।

कृषि विकास कार्यालयसँगको समन्वयमा कृषि उपजको प्रदर्शनी तथा प्रतियोगिता, उद्योग वाणिज्य कार्यालयसँगको सहकार्यमा घरेलु उत्पादनको प्रदर्शनी प्रतियोगिता आयोजना गरिएको छ । साथै, सबै स्थानीय तहका विशेष उत्पादनलाई समेट्ने गरी स्टल व्यवस्थापन गरिएको छ ।

भैरवी मन्दिरको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै प्रचार सामग्री, डकुमेन्ट्री तथा ब्रोसर तयार गरिएको छ भने गेटदेखि मञ्चसम्म भैरवी मन्दिर झल्किने गरी प्रचार–प्रसार गरिएको छ । यस्तै, बुढीगण्डकी जलाशययुक्त आयोजनाको निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।

धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =  

Protected by Spam Master