धादिङ कांग्रेसले ५१ वटै वडामा प्रतिनिधि खटायो

धादिङबेशी,१५ माघ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ–२ ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रभित्रका ५१ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ।
क्षेत्रीय कार्यसमितिको आयोजनामा मिति २०८२ माघ १२ गते सम्पन्न संयुक्त बैठकको निर्णयअनुसार केन्द्र, प्रदेश, जिल्ला, क्षेत्रीय तहका पदाधिकारी तथा सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा सभापतिहरूको सहभागितामा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन प्रतिनिधि तोकिएको हो।
पार्टीको उम्मेदवार तथा संगठनलाई विजयी गराउने उद्देश्यसहित तोकिएका प्रतिनिधिहरूलाई आ-आफ्नो स्थानीय तह अन्तर्गतको वडा स्तरमा निर्वाचन अवधिभर जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ।
प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त, निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै वडा तहमा निर्वाचन परिचालन कार्यलाई अनुशासित, प्रभावकारी र परिणाममुखी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ। नेपाली काग्रेसबाट धादिङ क्षेत्र न २ मा रमेश धमला उम्मेद्वार रहेका छन् ।
यीहुन् प्रतिनिधिहरुको नामावली
नीलकण्ठ नगरपालिका
रमेश प्रसाद धमला (सानो), डा. अमित सिंह कार्की, नारायण कुमार श्रेष्ठ, देविप्रसाद कोइराला, ईश्वर अधिकारी, झंक नारायण श्रेष्ठ, नारायण पोखरेल, कल्पना अधिकारी, गोपाल विश्वकर्मा, दिपक कोइराला, सरोज अधिकारी, बलराम रिजाल, होमबहादुर गुरुङ र लक्ष्मी गीरी प्रतिनिधिका रूपमा खटिएका छन्।
ज्वालामुखी गाउँपालिका
मदन कुमार श्रेष्ठ, नरेंद्र भट्ट, विनोद तिमल्सिना, नवराज सिंखडा, विजय भण्डारी, खुमबहादुर सुवेदी र शोभा छत्कुलीलाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका
फणीकान्त छत्कुली, देवी कुमारी बुर्लाकोटी, कविन्द्र अधिकारी, नवराज तिमल्सिना, केशव सापकोटा, राजन बुर्लाकोटी र रामप्रसाद अधिकारी चयन भएका छन्।
गंगाजमुना गाउँपालिका
कान्छा बहादुर तामाङ, अक्कल बहादुर तामाङ, विजय कुमार गुरुङ, गोपाल ढकाल, दल बहादुर अधिकारी, दुर्गा दाहाल र राजेन्द्र आर्याल प्रतिनिधि तोकिएका छन्।
नेत्रवती गाउँपालिका
दिनेश गुरुङ लामा, विजय पाख्रिन, टेकजंग लामा, कृष्ण प्रसाद रिजाल र नवराज जम्कट्टेललाई जिम्मेवारी दिइएको छ।
खनियाबास गाउँपालिका
लेख बहादुर तामाङ, राजु पाख्रिन, चीजकुमार तामाङ, यो माया तामाङ र सरिता तामाङ प्रतिनिधि बनेका छन्।
रुबीभ्याली गाउँपालिका
योग बहादुर तामाङ, डेभिड घले, सुमन तामाङ, चालमान तामाङ, कुल बहादुर गुरुङ र पदम गोले खटिएका छन्। पार्टीले तोकेको लक्ष्य हासिल गर्न प्रतिनिधिहरूको सक्रियता, इमानदारी र प्रतिबद्धताबाट कांग्रेसको संगठन सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २०, शुक्रबार २०:५५संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल
समाचार२०८२ चैत्र २०, शुक्रबार १९:०६पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४३इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ







