आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन

बेलबारी (मोरङ), १६ माघ । मोरङको बेलबारी नगरपालिकामा आजदेखि ‘बलबहादुर मगर स्मृति’ कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित कभर्डहलमा सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका एक सय ८ टोलीको सहभागिता रहेको छ ।
डाँगीहाट ब्याटमिन्टन क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता यही माघ १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताए । प्रतियोगीताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले आज एक समारोशबीच उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष तथा महिलातर्फ पाँच बिधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले नगद पुरस्कार पाउनेछन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









