नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङ,१७ माघ
नेपाली काँग्रेसका उम्मेद्वार रमेश धमलालाई जिताउन नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को चुनावी कमान्डर हेमराज श्रेष्ठलाई तोकिएको छ । शुक्रबार वडामा भएको भेलाले हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट उम्मेद्वार बन्नुभएको केन्द्रिय सदस्य,पुर्व सभापति तथा टानका पुर्व अध्यक्ष धमलालाई जिताउन अहिले प्रत्येक वडामा निर्वाचन परिचालन समिति बनाईएको छ ।

शुक्रबार वडा पार्टी सभापति हेमराज श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको भेलामा नेपाली काँग्रेसका नेता भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा प्रतिनिधिसभा २ क्षेत्रीय सभापति राकेश धमला,महासमिति सदस्य सरोज अधिकारी ,नेपाली काग्रेसका नेता दिपक कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्दै नयाँ नेतृत्वसहित चुनावमा काँग्रेस आफ्नो स्पष्ट एजेन्डा सहित जनताको घरघरमा गईरहेको नेपाली काँग्रेसले जनाएको छ । जिल्लाको सभापति भएर संगठन चलाएको अनुभव हुनु र पर्यटन क्षेत्रमार्फत् भूगोल, राजधानीदेखि प्रवाससम्म सम्बन्ध स्थापित गर्न सफल भएका धमला अहिले जनताको घरदैलो चुनावी अभियानमा रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
समाचार२०८२ चैत्र २०, शुक्रबार २०:५५संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल
समाचार२०८२ चैत्र २०, शुक्रबार १९:०६पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण







