चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

चितवन, २१ माघ । जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । उनले भने, “खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ”, १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिन लागिएको हो । कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उनले बताए । माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोपका लागि चितवनमा बाहिरी खोप केन्द्र सञ्चालन गर्न आवश्यक नरहेको उनले बताए । खोप लगाउने अभियानको तयारीका सम्बन्धमा आज आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो ।
घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडास्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो । उनले भने, “हामीसँग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा गएर खोप दिने योजना छ । जिल्लामा बाह्य खोप केन्द्र आवश्यक छैन ।” अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिने छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा अङ्कित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताए । यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उनीहरुले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









