ज्वालामुखीमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

ज्वालामुखीमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ज्वालामुखी गाउँपालिकाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बुधबार सम्पन्न ज्वालामुखी गाउँपालिका स्तरीय विस्तारित बैठकले कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा भानुभक्त दुवाडी र सह–संयोजकमा सुब्बा रम्तेल चयन भएका छन् ।

सो अवसरमा आयोजित नेकपाको गाउँपालिका स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गंगालाल तुलाधर, पुष्पविक्रम मल्ललगायत केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको  उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जेन्जी आन्दोलनपछि जनतामा बढ्दै गएको आक्रोशलाई सम्बोधन गर्न सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्दै देशमा सुशासन कायम गर्न हक्की र स्पष्ट छविका नेकपा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्ने धारणा उनीहरूले व्यक्त  गरेका थिए ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   5   =  

Protected by Spam Master