नीलकण्ठमा माघ २७ देखि एचपिभि खोप अभियान

धादिङबेशी । नीलकण्ठ नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभि खोप अभियान संचालन गर्न तयारी थालेको छ । शुक्रबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै नगरपालिकाले किशोरीहरूलाई खोप लगाउने तयारी, स्वास्थ्यकर्मीको व्यवस्था र प्रचार–प्रसारका कार्यक्रमहरू सुरु गरेको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार, नीलकण्ठका ३८ विद्यालयका कक्षा ६ मा अध्ययनरत ५ सय ६७ किशोरी, विद्यालय बाहिरका ३ जना १० वर्ष उमेरका किशोरी र गत वर्ष अभियानमा छुटेका १६ जना गरी जम्मा ५ सय ८६ किशोरीलाई खोप दिइने छ ।
अभियान माघ २७ गतेदेखि नगरपालिका स्तरीय विद्यालयहरूमा सुरु हुनेछ । कार्यक्रममा खोपबारे जानकारी दिँदै जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त कँडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
गत वर्ष नगरपालिका द्वारा सञ्चालन गरिएको स्क्रिनिङ शिविरमा पाँच जनामा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक अवस्थामा फेला परेका थिए, जसको उपचार धादिङ अस्पतालमा गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान








