बुढिगण्डकी निर्माण दवाब अभियानमा एमालेका उम्मेद्वार धनबहादुर धले र रास्वपाका उम्मेद्वार बोधनारायण श्रेष्ठले पनि जनाए ऐक्यवद्धता

धादिङबेशी । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य शीघ्र अघि बढाउन दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा नेकपा एमाललेका धादिङ क्षेत्र न २ का उम्मेद्वार धनवहादुर घले र रास्वपाका धादिङ क्षेत्र न २ का उम्मेद्वार बोधनारायण श्रेष्ठले पनि एक्यवद्धता जनाउनुभएको छ ।
धादिङबेशीमा जारी दशौँ धादिङ महोत्सवस्थलमा शुक्रबार बेलुका उपस्थित भई धनबहादुर घले र बोधनारायण श्रेष्ठले हस्ताक्षर गर्दै अभियानप्रति समर्थन जनाउनुभएको हो ।
हस्ताक्षर अभियानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रामबहादुर भण्डारीले बिहिबार नै हस्ताक्षर गरि ऐक्यबद्धता जनाईसक्नु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








