टी २० विश्वकपमा आज तीन खेल, को-को भिड्दैछन्?

काठमाडौं, माघ २७ । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्। आज समूह ‘ए’का दुई र समूह ‘डी’को एक खेल हुन लागेका हुन्। पहिलो खेलमा बिहान ११ बजेर १५ मिनेट जाँदा नेदरल्यान्डस र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो। पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो।
न्युजिल्यान्ड र यूएईबीच हुने दोस्रो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित हासिल गरेको छ।
पाकिस्तान र अमेरिका भिड्ने अन्तिम खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा मंगलबारको अन्तिम खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन्। पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ भने पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले हराएको पाकिस्तान अर्को जितको खोजीमा छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







