आज तीन खेल हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौं, फागुन ४ । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा पहिलो खेलमा समूह डीबाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह सीका इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।
भारतको दिल्लीमा हुने अफगानिस्तान र यूएईको खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो विश्वपमा अफगानिस्तान जितबिहीन छ भने यूएईले दुई अंक जोडेको छ । समूह डीमा अफगानिस्तान अंकविहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ ।
इंग्ल्यान्ड र इटालीबीचको खेल भारतको इडन गार्डेनमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको छ ।
इंग्ल्यान्डको यो अन्तिम खेल हो । एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर आठ पुग्न चाहन्छ । पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ ।
यसैगरी अस्ट्रेलिया र श्रीलंकाबीचको खेल साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकामा हुँदैछ । शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ । एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १७, मंगलवार १९:२७काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल रिहा
समाचार२०८२ चैत्र १७, मंगलवार १८:५५गङ्गाजमुनामा महिलाका लागि ५ दिने उद्घोषण तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १७, मंगलवार १०:३२ज्योतीराजको फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
समाचार२०८२ चैत्र १७, मंगलवार ०९:४७गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह








