सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगिसक्यो: निर्वाचन आयोग

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगेको छ ।
निर्वाचन सामाग्री आज सबै जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।
सुगम र दुर्गम सबै जिल्लामा मतपत्र, नमूना मतपत्र, मतपेटिका , लाहछाप लगायतका सम्पूर्ण सामाग्री पुगिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालयले आफैँ खरिद गर्नुपर्ने ३७ प्रकारका सामग्रीको व्यवस्थासमेत भैसकेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
ढुक्कसँग मतदानको तयारीमा रहन आयोगले मतदाताहरुलाई आग्रह पनि गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार२०८३ बैशाख ७, सोमबार ०८:००बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
समाचार२०८३ बैशाख ६, आईतवार १९:३७नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना






