धादिङको खनियाबासमा जन्मिएको केही बेरमै शिशुको हेलिबाट उद्धार

धादिङबेशी, ६ फागुन । धादिङको खनियाबास गाउँपालिका अन्तर्गत खनियाबास ग्रामिण अस्पतालमा जन्मिएको एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्था देखिएपछि हेलीमार्फत उद्धार गरिएको छ।
मिति २०८२/११/०६ गते जन्मिएको उक्त शिशुको जन्म तौल ३७०० ग्राम रहेको जनाइएको छ। जन्मने बित्तिकै शिशु रुन नसकेको तथा अक्सिजन लेभल ९४ प्रतिशतभन्दा कम भई श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल आकस्मिक उद्धारको व्यवस्था गरिएको थियो।
जनस्वास्थ्य कार्यालय, धादिङ को समन्वय र स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौडाको पहलमा दिउँसो १ः२० बजे हेलीमार्फत उद्धार गरी २ बजे कान्ति बाल अस्पताल, काठमाडौँ पुर्याइएको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तथा सुचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।
हाल शिशुलाई अस्पतालको एनआईसीयू (NICU) मा राखी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाइएको छ।
यसैबीच, प्रसूति अवस्थाका क्रममा आमा तथा नवजात शिशुमा गम्भीर स्वास्थ्य समस्या देखा परेमा बागमती प्रदेश सरकारले उपलब्ध गराएको निःशुल्क हवाई उद्धार कार्यक्रममार्फत आकस्मिक सेवा लिन सरोकारवाला सबैमा जनस्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ।
दुर्गम क्षेत्रमा रहेका नागरिकका लागि यस्तो हवाई उद्धार सेवा जीवनरक्षक सावित हुँदै आएको स्थानियहरुले बताएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार२०८३ बैशाख ७, सोमबार ०८:००बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
समाचार२०८३ बैशाख ६, आईतवार १९:३७नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना






