आज कुन कुन टिम भिड्दै? « रिपोर्टर्स नेपाल

काठमाडौं, फागुन ७ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् । आज समूह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११:१५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुँदै छ । जारी विश्वकपमा वेस्ट इण्डिजले आफ्ना तिनै खेल जितेर सुपर आठमा पुगिसकेको छ भने इटालीले ३ मध्ये एक जित र २ हार बेहोरेर समूह चरणबाट बाहिरिइसकेको छ ।
त्यस्तै आज समूह बी अन्तर्गतका श्रीलङ्का र जिम्बाबे कोलम्बोमा दिउसो ३: १५ बजेदेखि खेल्दै छन् । समूह बी बाट श्रीलङ्का र जिम्बाबे दुवै सुपर आठमा पुगिसकेका छन् । श्रीलङ्का आफ्ना तिनै खेलमा विजयी हुँदै सुपर आठमा पुगेको छ भने जिम्बाबेले ३ खेलमा २ जित र एक खेल वर्षाले हुन नसक्दा कुल ५ अङ्क हासिल गर्दै सुपर आठमा पुगेको छ ।
त्यस्तै आज तेस्रो खेलमा समूह डी अन्तर्गतको अफगानिस्तान र क्यानडाबीच भारतको चेन्नईमा हुँदै छ । समूह डी बाट अफगानिस्तान र क्यानडा दुवै प्रतियोगिताबाट बाहिरिएका छन् । अफगानिस्तानले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने क्यानडाले तिनै खेलमा हार बेहोरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त








