धादिङमा नेपाली सेनाले सुरु गर्यो निर्वाचन लक्षित मोटरसाइकल गस्ती

धादिङ -आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन धादिङमा नेपाली सेनाले मोटरसाइकल गस्ती सुरु गरेको छ ।
भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न सेनाले मोटरसाइकल गस्ती सुरु गरेको हो ।
सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न, आकस्मिक अवस्थाको तत्काल प्रतिकार्य गर्न तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले गस्ती सुरु गरिएको भैरव गण, गजुरीका गणपति असीम श्रेष्ठले जानकारी दिनुभयो ।

गाडी तथा संयुक्त सुरक्षा गस्तीसमेत गरिरहेको सेनाले धादिङमा १ वटा मोटरसाइकलका २ समूहले मोबाइल पेट्रोलिङ गर्ने जनाएको छ ।
मोटरसाइकलमार्फत गरिने मोबाइल पेट्रोलिङबाट गाउँबस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडक खण्डहरूमा नियमित उपस्थित हुन सहज हुने र थप सुरक्षा सुदृढ हुने बताइएको छ ।
धादिङमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा निर्वाचन प्रहरी चौबिसै घण्टा गस्ती गरिरहेका छन्
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन








