धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

धादिङबेशी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै हुन सक्ने अप्रिय घटना तथा घाइतेहरूको उपचार व्यवस्थापनका लागि धादिङ अस्पतालले ‘इलेक्शन टास्क फोर्स’ गठन गरेको छ । निर्वाचन अवधिभर आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक तयारी स्वरूप उक्त टोली गठन गरिएको अस्पतालले जनाएको छ ।

गठित टास्क फोर्सको संयोजकमा मेडिकल अधिकृत डा. रमेश श्रेष्ठ रहेका छन् । वैकल्पिक संयोजकका रूपमा डा. अश्विनी विश्वराल (मेडिकल अधिकृत) तोकिएका छन् । नर्सिङतर्फ मुना कार्की (नर्सिङ अधिकृत) सदस्य रहेकी छन् भने वैकल्पिक सदस्यमा उपसला लोहनी (नर्सिङ अधिकृत) छन् ।

त्यसैगरी हेल्थ असिस्टेन्टतर्फ सन्तोष घिमिरे सदस्य र वैकल्पिक सदस्यमा रोमियो श्रेष्ठ रहेका छन् । कार्यालय सहयोगीतर्फ सपना थापा सदस्य तथा रिना श्रेष्ठ वैकल्पिक सदस्य तोकिएका छन् ।
अस्पताल प्रशासनका अनुसार निर्वाचनको दिन र त्यसअघिपछि सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राखिनेछ ।

थप जानकारीका लागि अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झा तथा सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने अस्पतालले जनाइएको छ ।अस्पतालले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   1   =  

Protected by Spam Master