काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त भएको छ । काठमाडौँ महानगरका पूर्वप्रहरी प्रमुख पाण्डेले स्नात्तकोत्तर गर्नुभएको छ । उहाँको ३० वर्षभन्दा बढी सार्वजनिक सेवा, सुरक्षा र प्रशासनिक व्यवस्थापनमा अनुभव रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








