भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं, फागुन २५ । भारतले घरेलु मैदानमा भएको आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले लगातार दोस्रोपटक टी(२० विश्वकपको उपाधि जितेको हो ।
अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २ सय ५५ रन बनाएको थियो । भारतको लागि सन्जु साम्सन, अभिषेक शर्मा र इशान किशानले अर्धसतक बनाए । सन्जुले ४६ बलमा ८ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८९ रन बनाए । उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै इशान किशनले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाउँदा अभिषेक शर्माले ५२ रन बनाए । उनले २१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । यस्तै शिभम डुबेले नटआउट २६, हार्दिक पान्ड्यले १८ र तिलक वर्माले नटआउट ८ रन बनाए ।
न्युजिल्याण्डको लागि जिमी निशमले ४ ओभरमा ४६ रन दिएर तीन विकेट लिए । म्याट हेन्री र रचिन रविन्द्रको नाममा एकरएक विकेट रह्यो ।
जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १९ ओभरमा अलआउट हुँदै १ सय ५९ रनमात्र बनाउन सक्यो । न्युजिल्याण्डको लागि टिम सेफेर्टले सर्धसतक बनाएपनि टोलीलाई जिततर्फ अग्रसर गर्न सकेनन् । उनले २६ बलमा ५ छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै कप्तान मिट्चेल सान्टनेरले ४३ र डार्यल मिट्चेलले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
भारतको लागि जस्प्रित बुम्राले ४ ओभरमा १५ रन दिएर चार विकेट लिँदा अक्सर पटेलले तीन विकेट लिए । यस्तै हार्दिक पान्ड्य, भरुण चक्रवर्ती र अभिषेक शर्माले समान एकरएक विकेट लिए ।
यससँगै भारतले तेस्रो टी(२० विश्वकप जितेको हो । भारतले यसअघि सन् २००७ र २०२४ मा विश्वकपको उपाधि जितेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २५, सोमबार ११:४८रेखाको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
खेलकुद२०८२ फाल्गुन २५, सोमबार ०७:४७भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन








