एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ, २५ फागुन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गर्नुभएको छ ।
रुपन्देही क्षेत्र नं। २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजितसमेत हुनुभएका पौडेलले आज विज्ञप्तिमार्पत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रुपान्तरण गर्न आग्रह गर्नुभएको छ ।
उहाँले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भन्नुभएको छ ।
उहाँले यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गर्नुभएको छ ।
“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यत्तल गर्दछु”, उहाँले भन्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १६, सोमबार १९:३८चन्द्रको फिल्म ‘आ बाट आमा २’मा विपना,पलपछि आकाश अनुबन्धित
समाचार२०८२ चैत्र १६, सोमबार १९:१७राष्ट्रपतिद्वारा संघीय सदनको अधिवेशन अह्वान
समाचार२०८२ चैत्र १६, सोमबार १८:५७नीलकण्ठ ८ स्थित ससाहमा बोलेरो जिप दुर्घटना,घाईते एक जनालाई थप उपचारको लागि काठमाण्डौँ लगियो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १६, सोमबार १६:२६अनमोलको जन्मदिनमा ‘बाटुलो जून’ प्रदर्शन घोषणा







