नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

धादिङ,२५ फागुन
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रमेश प्रसाद धमलाले आफ्नो निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका धमलाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिता अनुसार निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गर्नुभएको हो ।पेश गरिएको विवरण अनुसार उनले निर्वाचनका विभिन्न शीर्षकमा कुल १३ लाख ८९ हजार १२ रुपैयाँ चालिस पैसा खर्च भएको उल्लेख गर्नुभएको छ ।
खर्च विवरणमा मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, मतदाता नामावलीमा ३ हजार रुपैयाँ, मतदाता नामावली प्रिन्टमा ४२ हजार ७२४ रुपैयाँ, प्रचार–प्रसार, छपाई तथा विज्ञापनमा २ लाख ४५ हजार १३३ रुपैयाँ खर्च भएको उल्लेख छ ।त्यसैगरी सवारी साधन प्रयोगमा १० लाख रुपैयाँ, इन्धन खर्चमा ४ लाख ९९ हजार९६४ रुपैयाँ, कार्यालय सञ्चालनमा ९० हजार रुपैयाँ, स्टेशनरीमा ४३ हजार ८०० रुपैयाँ तथा खाना, खाजा र पानीका लागि ३ लाख ५४ हजार ३६० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

उक्त सबै शीर्षकको खर्च जोड्दा कुल १३ लाख ८९ हजार १२ रुपैयाँ चालिस पैसा पुगेको देखिएको छ ।धमलाले निर्वाचन खर्चका लागि प्रयोग गरिएको बैंक खाताको विवरण समेत कार्यालयमा बुझाएका छन् । उनले एभरेष्ट बैंक लिमिटेड, धादिङबेसी शाखामा रहेको खातामार्फत खर्च व्यवस्थापन गरिएको जानकारी गराउनुभएको छ ।निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ९, बुधबार १९:२०‘परालको आगो’को बुकिङ खुलेसँगै हलहरूमा उच्च शो
समाचार२०८३ बैशाख ९, बुधबार ०७:५५आजका लागि कृषिउपजको थोक मूल्य
समाचार२०८३ बैशाख ८, मंगलवार २२:०७बिरामी अवस्थामा भेटिएका वृद्धको उद्धार, उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’







