चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ

चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ

काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब फिल्म निर्देशनमा पनि सक्रिय हुने भएका छन् । उनले निर्देशन तथा लेखन गरेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारदेखि औपचारिक रूपमा छायांकन सुरु गरिएको हो ।

चलचित्रको शुभारम्भ काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा विधिपूर्वक पूजाआजा गर्दै गरिएको निर्माण टिमले जनाएको छ । धार्मिक वातावरणबीच गरिएको शुभमुहूर्तसँगै फिल्मको निर्माण यात्राले गति लिएको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रले नेपाली समाजका संवेदनशील र भावनात्मक पक्षलाई प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

लामो समयदेखि गायक तथा संगीतकारको रूपमा सक्रिय रहँदै आएका हरि लम्सालले यस चलचित्रमार्फत निर्देशकको रूपमा नयाँ यात्रा सुरु गरेका हुन् । चलचित्रको कथा र पटकथा पनि उनले नै तयार पारेका छन् । संगीत क्षेत्रमा सफल पहिचान बनाएका लम्सालको निर्देशन कस्तो रहनेछ भन्नेमा दर्शक र चलचित्रकर्मीहरूबीच उत्सुकता बढेको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन् । उनले यसअघि अभिनेता विपिन कार्की अभिनीत ‘कर्मा’ निर्माण गरेका थिए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   1   =  

Protected by Spam Master