पोखरामा अटो शो हुने

पोखरामा अटो शो हुने

पोखरा ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) को आयोजनामा बुधबारदेखि दोस्रो अटो शो पोखरामा हुने भएको छ ।

प्रदर्शनीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले अटो व्यवसायको सुदृढिकरण प्रबद्र्धन गर्नका लागि आयोजना गर्न लागिको बताए ।

उनले अहिलेको परिस्थितिमा सवारी साधन मानिसका लागि विलासिता नभइन अत्यावश्यक भएको सुनाए । एउटै छानामुनि भेला गराइ सहज व्यवसायिक वातावरण निर्माण गर्नु प्रदर्शनीको उदेश्यक रहेको उनको भनाइ छ ।

प्रदशर्ननीले जिल्ला र प्रदेशबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रबद्र्धन मात्र नभइ समस्याहरुको पहिना गर्नुका साथै समाधानका विकल्प खोज्ने साझा थलोको रुपमा विकास गर्ने अपेक्षा लिएको छ ।

प्रदर्शनीमा सवारी साधन खरिद बिक्री तथा आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी समेत गराइनेछ । अटो शो मा १६ ब्राण्डका ४ पांग्रे, ६ ब्राण्डका लाइट कमर्शियल, १० ब्राण्डका २ पांग्रे, हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायत वित्तिय संस्थाका २० वटा स्टल राखिने छ ।

५ दिनसम्म सञ्चालन हुने प्रदर्शनीलाइ थप आकर्षक बनाउनका लागि नेपालमा भित्रिएका पुराना मोडलका कारहरुको जानकारी तथा भिन्टेज कार समेत अवलोकनका लागि राखिने भएको छ ।

प्रदर्शनी पोखरा लेकसाइड बाराही घाटस्थित नेपाल ट्रष्टको चौरमा हुनेछ । गण्डकी प्रदेशकै ठुलो अटो प्रर्दशनीको प्रबद्र्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ भने ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) व्यवस्थापनको रुपमा रहनेछ ।

प्रद्शनीमाकरिब ४५ दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ भने विद्यार्थीका लागि ५० र साधारणका लागि एक सय रुपैयाँ टिकट दर तोकिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21106, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   5   =  

Protected by Spam Master