नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण

नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार गर्नु भएको छ ।

संचार मन्त्रीको शपथ लिएपछि उहाँ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

झन्डै एक दशक लामो सञ्चारकर्मको अनुभव, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव हासिल गरेका नुवाकोट–१ का रास्वपा सांसद डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि तथा सञ्चार मन्त्री बन्नु भएको छ ।

४३ वर्षीय तिमिल्सिना परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिनुहुन्छ। उहाँले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा Griffith University, Australia बाट पिएचडी प्राप्ता गर्नुभएको छ भने Master of International Studies, Peace and Conflict Resolution (The University of Queensland, Distinction) पनि हासिल गर्नुभएको छ।

उहाँ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा संलग्न हुनुहुन्छ। नेपालको शान्ति प्रक्रिया र विदेश नीतिमा उहाँको अनुसन्धान विशेषज्ञता रहेको छ।

सञ्चार क्षेत्रमा पनि उहाँको करिब दुई दशकको अनुभव छ; रेडियो सगरमाथादेखि अन्तर्राष्ट्रिय मिडियासम्म सम्पादकीय र सञ्चार कार्यमा सक्रिय रहनुभएको छ।

भ्रष्टाचार विरुद्धको अध्ययन (Anti-Corruption Studies) मा ज्ञाता भएका तिम्लिसिनाले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेह प्रणाली निर्माण गर्ने विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   4   =  

Protected by Spam Master