तनहुँमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

काठमाडौँ, १९ चैत । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ ।
आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु –३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग गरेको बताइएको छ । नेत्र विशेषज्ञ डा। मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए ।
भानु–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
उनले भने, “आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुनसकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनुभएको छ ।”
आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,” उनले भने, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र १९, बिहीबार १२:२९तनहुँमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १९, बिहीबार ०९:३७ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को पोस्टर सार्वजनिक
खेलकुद२०८२ चैत्र १९, बिहीबार ०७:३६दिल्ली क्यापिटल्ससँग लखनउ सुपर जायन्टस स्तब्ध
समाचार२०८२ चैत्र १९, बिहीबार ०७:२३नेपाल उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा रुद्रबहादुर खत्रीको उम्मेदवारी घोषणा








