बाँकि कार्यकाल भित्र खानेपानीको समस्या समाधान गर्छुः मेयर ढुंगाना

बाँकि कार्यकाल भित्र खानेपानीको समस्या समाधान गर्छुः मेयर ढुंगाना

धादिङ,२१ चैत
नीलकण्ठ नगरपालिका भित्रका खानेपानी समस्याको समाधान गरिने नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।ठुला योजनाको खानेपानीका काम सन्चालनमा रहेको भन्दै उहाँले बाँकि रहेको स्थानमा खानेपानी बोर्ड मार्फत खानेपानीको काम सन्चालन गरीने बताउनुभयो । टोल विकास संस्था महासंघको आयोजनामा आज सम्पन्न भएको एक दिने क्षमता विकास तालिमलाई सम्बोधन गर्नुहुदै उहाँले बजारको खानेपानीको समस्या केहि महिना भित्र टुङगीने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मेयर ढुंगानाले सहलगानी खानेपानी आयोजनामा उपभोक्ताबाट दिनुपर्ने ९ करोड रुपैँया अहिले नगरपालिकाले तिरिदिएको समेत बताउनुभयो ।

नगरपालिकाको बजेट भन्दा पनि बढी अन्यत्रबाट बजेट ल्याएर विकास गर्दा यत्तिसम्म गर्न सकिएको बताउनुभयो । नगरपालिकाले गरेको कामलाई गरेको छ भनेर सकारात्मक हुन समेत आग्रह गर्नुभयो । शिक्षा निशुल्क,स्वास्थ्यमा पहँुच,खानेपानीको ठुला कामहरु सन्चालन,महिला,दलित,विद्यार्थीहरुको लागि नगरपालिकाले गरेको कामलाई सकारात्मक भएर लिन समेत आग्रह गर्नुभयो ।

टोल विकास संस्था महासंघका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । तलिममा खानेपानी बोर्डका अध्यक्ष शिव प्रसाद अधिकारीले खानेपानी तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी विषयमा सहजिकरण गर्नुभएको थियो । यसैगरी असल शासनविज्ञ दिपक कोईरालले स्थानीय सरकार र टोल विकास संस्थाबीच समन्वय, लेखन, प्रचार तथा नेतृत्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले स्वास्थ्य सम्बन्धी विषयमा सहजिकरण गर्नुभएको थियो भने मनोपरामर्शकर्ता रामकुमार थापाले मनोपरामर्श,सकारात्मक सोच र तनाव व्यवस्थापनको विषयमा सहजिकरण गर्नुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =  

Protected by Spam Master