पोखरामा ‘संस्कृत भजन वाटिका’

पोखरा — संस्कृत युवा मञ्च नेपालले साप्ताहिक रूपमा सञ्चालन गर्दै आएको भजन कार्यक्रमलाई ‘संस्कृत भजन वाटिका’ नामकरण गरेको छ। विगत लामो समयदेखि साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको उक्त भजन कार्यक्रम शनिवार पोखरास्थित माता बिन्दुवासिनी मन्दिर प्राङ्गणमा भएको मञ्चले जनाएको छ।
शनिबार आयोजित कार्यक्रममा मञ्चका शुभचिन्तक स्वामी निर्भयानन्दले भजनको ब्यानर अनावरण गर्नुभयो। सो अवसरमा उहाँले संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मञ्चले खेलेको भूमिकाको प्रशंसा गर्दै भजनमार्फत समाजमा विशिष्ट पहिचान स्थापित गर्ने उद्देश्यले भजनको नामकरण गरिएको बताउनुभयो। साथै उहाँले संस्थाको उज्ज्वल भविष्यको कामना समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्कृत युवा मञ्चमा आवद्ध भई निरन्तर रूपमा भजन गाइरहनुभएका भजन गायक तुलसी काफ्लेलाई सम्मान गरिएको थियो। भजन संयोजक गिरिधर आचार्यका अनुसार उक्त भजन कार्यक्रम प्रत्येक साताको शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








