समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरुसँग छलफल गर्दै हुुनुहुन्छ । सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने समानुपातिक सांसदहरूसँग भोलि बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिहदरवारमा आयोजना हुँदै छ ।
कार्यक्रममा माननीय सांसदज्यूहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नुहुनेछ।
यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २३, बुधबार १७:०३कर्मचारी ट्रेड युनियनका साइनबोर्ड हटाइयो, खाली गराइँदै कार्यालय
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख २३, बुधबार १३:५८वीर अस्पतालका निर्देशक डा.शर्माले पनि दिए राजीनामा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २३, बुधबार १०:३८चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने
खेलकुद२०८३ बैशाख २३, बुधबार १०:३५दिल्लीविरुद्ध चेन्नई विजयी, आज हैदरावाद र पञ्जाव भिड्दै « रिपोर्टर्स नेपाल








